बलात्कार आरोपी मनोज पाण्डे विरुद्ध मानव बेचविखन र यौन दुर्व्यवहारको दुई मुद्दा चलाइने


९ जेष्ठ २०७९, सोमबार
Manoj Pandey

काठमाडौं : आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका मनोज पाण्डे दुई मुद्दा चलाउने तयारी गरिएको छ ।

मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिताका आयोजक ‘मोडल ग्लोबल भिसाज कन्सल्टेन्सी’का सञ्चालक पाण्डे कार्यक्रम आयोजक पाण्डेलाई ७ जेठ २०७९ मा उपत्यका अपराध अनुसन्धान कार्यालयले स्वयम्भूबाट पक्राउ गरेको थियो ।

मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिता प्रतियोगिता सकिएपछि ‘सक्सेस पार्टी’ का लागि भन्दै प्रतियोगीलाई बानेश्वरको एभरेष्ट होटलमा बोलाएर बलात्कार गरेको पीडितको भनाइ छ । त्यसदिन पाण्डेले तस्वीर र भिडियो खिचेर ६ महिनासम्म ब्ल्याकमेल गर्दै जबरजस्ती करणी गरेको उनले खुलाएकी छन् ।

बुधबार पीडितले सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो क्लिप सार्वजनिक गर्दै आठ वर्षअघि सौन्दर्य प्रतियोगिताका आयोजकबाट भएको बलात्कारको घटनाबारे खुलासा गरेकी थिइन् । घटनाकै कारण आफू ८ वर्षसम्म गम्भीर मानसिक समस्याबाट गुज्रिएको र औषधि सेवन गर्नु परिरहेको उनले बताएकी थिइन् ।

मुलुकी अपराध संहिता, २०७४ ले बलात्कार सम्बन्धी कसूरमा उजुरीका लागि एक वर्ष हदम्याद तोकेको छ । नाबालिगको हकमा १८ वर्ष उमेर पुगेको एक वर्षभित्र उजुरी दिइसक्नुपर्ने भनिएको छ । घटना भएका बेला पीडित १६ वर्षकी थिइन्, त्यतिबेला नाबालिग नै थिइन् ।

अहिले उनी २४ वर्ष पुगिसकेकी छन् र हदम्याद नाघेकाले कानूनी प्रक्रिया जटिल भएको थियो ।
यही कारण प्रहरीले बेचविखन र यौन दुर्व्यवहारको दुई मुद्दा चलाउने तयारी गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७