भारतले रोक्यो चिनी निर्यात


११ जेष्ठ २०७९, बुधबार
sugar chini
सांकेतिक तस्वीर

काठमाडौं । भारत सरकारले यसै जुन महिनादेखि अक्टोबरसम्म चिनीको निर्यातलाई सीमित गर्ने घोषणा गरेको छ । घरेलु मूल्यवृद्धि कम गर्नका लागि यस्तो नीति अपनाउन लागेको जनाइएको छ । रिपोर्टका अनुसार सरकारले सबै व्यापारीहरुलाई जुन १ देखि अक्टोबर ३१ का बीच चिनीको विदेशी कारोबार सम्बन्धी अनुमति सुनिश्चित गराउन भनिसकेको छ ।

घरेलु बजारमा चिनीको उपलब्धता बढाउन र मूल्यलाई नियन्त्रित गराउन यस्तो कदम उठाउन लागिएको इकोनोमिक टाइम्सले जनाएको छ । यसमा पूणर् प्रतिबन्ध नभएर चिनीको निर्यात् सीमित गराउने जनाइएको छ । घरेलु उपलब्धता र स्थिर मूल्यलाई कायम राख्नुपर्ने बताइएको छ ।

यी बन्देजहरु अमेरिका र युरोपेली युनियनमा हुने चिनी निर्यातमा चाहिँ लागू नहुने बताइएको छ । यसरी ६ वर्षमा पहिलोपटक भारतले चिनीको निर्यात सीमित गराउन लागेको हो । भारत विश्वकै दोस्रो ठूलो चिनी उत्पादक हो जसकारण यसको प्रभाव विश्वव्यापी रहने बताइएको छ । युक्रेनमा जारी युद्धपश्चात् विश्वभर विभिन्न मुलुकहरुले खाद्यान्न निर्यातमा कडाइ अपनाइरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७