काठमाडौंको मेयरमा बालेन साह र उपमेयरमा सुनिता डंगोल निर्वाचित


१३ जेष्ठ २०७९, शुक्रबार
balen sunita

काठमाडौं । बालेन काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र साह (बालेन) र उपमेयरमा सुनिता डंगोल निर्वाचित भएका छन् । बिहीबार राति सकिएको मत गणनामा अनुसार स्वतन्त्र उम्मेदवार साह कांग्रेस र एमालेका उम्मेदवारलाई पराजित गर्दै देशको राजधानी शहर काठमाडौंको मेयरमा निर्वाचित भएका हुन् ।

साहले ६१ हजार ७६७ मत ल्याएका छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याएकी छन् । यस्तै तेस्रो स्थानमा रहेका नेकपा एमालेका केशव स्थापितले ३८ हजार ११७ मत ल्याए ।

यस्तै उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल निर्वाचित भएकी छन् । उनी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठलाई पराजित गर्दै उपमेयरमा विजयी भएकी हुन् । डंगोलले ६८ हजार ६१२ मत ल्याइन् । श्रेष्ठले २३ हजार ८०६ मत ल्याएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७