नेपाल टी ट्वान्टी लिगको टेन्डर खुला


१३ जेष्ठ २०७९, शुक्रबार
can1637801649

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुन लागेको नेपाल टी-ट्वान्टी लिग प्रतियोगितामा टिम खरिदका लागि खुला टेन्डर आह्वान गरिएको छ । अगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि टिम खरिद गर्न इच्छुक लगानीकर्तालाई टेन्डर आह्वान गरिएको क्यानद्वारा आज सार्वजनिक प्रेस विज्ञप्ति उल्लेख गरिएको छ ।

क्यानले औपचारिकरुपमा पहिलोपटक आयोजना गर्न लागेको उक्त प्रतियोगिताको टेन्डरको मिति भने यही जेठ २७ गतेसम्मलाई तोकेको छ । क्यानको गत मङ्गलबार बसेको बोर्ड बैठकले छ वटा नामलाई अनुमोदन गरेको थियो । जसमा विराटनगर, जनकपुर, काठमाडौँ, पोखरा, लुम्बिनी-भैरहवा र फार वेस्टर्न छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७