ओली–प्रचण्डलाई बिप्लवको पक्राउ पूर्जी (विज्ञप्तीसहित)


१४ चैत्र २०७४, बुधबार
KP oli vs biplav

काठमाण्डौं, १४ चैत : प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डलाई) पक्राउ गर्न नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको जनअदालतले पूर्जी जारी गरेको छ ।KP oli vs biplav

‘जनअदालत’ नाम गरिएको विप्लवले ओली र प्रचण्डको नाममा बेग्ला–बेग्लै पक्राउ पूर्जी जारी गरेको हो । ओली र प्रचण्डको नाममा ‘जनअदालत’ मा मुद्दा परेको भन्दै त्यसका बारेमा छलफल गर्नका लागि १५ दिनभित्र हाजिर हुन वारेन्ट जारी गरिएको छ । प्रधानमन्त्री ओलीविरुद्ध जारी गरिएको वारेन्ट पत्र मंगलबारै प्रधानमन्त्रीको भक्तपुरस्थित निजी निवास र धुम्बाराहीस्थित पार्टी कार्यालयमा टाँसिएको नेकपाले दाबी गरेको छ ।Oli

रोल्पामा रहेको ‘जनअदालत’ का प्रकाशको नामबाट जारी गरिएको वारेन्ट पत्रमा १५ दिनभित्र केन्द्रीय जनअदालत रोल्पामा उपस्थित हुन उर्दी जारी गरिएको छ । वारेन्टमा १५ दिनभित्र हाजिर नभएमा जनपरिषद नेपालको नीति नियम अनुसार कारवाही हुने चेतावनी समेत दिइएको छ ।prachadna Copy

केहि समयअघि भोजपुर प्रहरीले नेकपाका नेत्रविक्रम चन्द (विप्लव) को नाममा पक्राउ पूर्जी जारी गरेको थियो । भोजपुर प्रहरीले उनलाई पक्राउ पूर्जी जारी गरेपछि उनले सरकार प्रमुख ओली र प्रचण्डलाई पक्राउ पूर्जी जारी गरेका हुन् । अहिले विप्लवको पार्टीले नेपालका पूर्वी जिल्लाहरुमा चन्दा संकलन गरिरहेको समेत समाचार बाहिर आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७