प्रहरीमा सरुवा-बढुवा मेरिट लिष्टको आधारमा गरिनेछ, ब्याचलाई उछिनेर कसैलाई ल्याइनेछैन : आईजीपी सिंह


१९ जेष्ठ २०७९, बिहीबार
Dhiraj Pratap Shing 1

काठमाडौं : नेपाल प्रहरीका प्रमुख (आईजीपी) धिरजप्रताप सिंहले प्रहरी संगठनभित्र सरुवा बढुवालाई मेरिट लिष्टको आधारमा अघि बढाइने र ब्याचलाई नै उछिनेर कसैलाई नल्याइने बताएका छन् । तलबाट टपक्क टिपेर कसलाई पनि नल्याउने र ब्याचमा बेस्ट भएका अगाडि उनको भनाई छ ।

आईजीपीको कार्यभार सम्हालेको एक महिना पुगेको अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आईजीपीले प्रहरीको ब्याचमा उत्कृष्ट रहेका र पहिलेका कार्यसम्पादन मूल्यांकन हेरेर वरीयतामा अगाडि ल्याइने बताए । उनले भने, ‘प्रहरी संगठनभित्र सरुवा बढुवालाई मेरिट लिष्टको आधारमा अघि बढाइनेछ । ब्याचलाई नै उछिनेर कसैलाई ल्याइनेछैन ।’

आईजीपी सिंहले आफ्नो कार्यदक्षता नभएका र राजनीतिक सोसफोर्स लगाउन खोज्नेलाई रेकर्डमा पनि राख्न थालिएको उनको भनाइ थियो । त्यस्तो प्रवृत्तिले संगठनको श्रीवृद्धि नगर्ने र विश्वसनीयता पनि गुम्ने आईजीपी सिंहले बताए ।

उनले आफूले अरु आईजीपी जस्तो छुट्टै प्राथमिकता सार्वजनिक नगर्ने पनि बताए ।

IGP Press meet

‘मभन्दा अगाडिका प्रहरी प्रमुखको प्राथमिकता नै मेरो प्राथमकिता हो, अर्को हुँदैन’, सिंहले थपे, ‘वस्तुनिष्ठ अनुसन्धान, प्रहरी समायोजनालाई निष्कर्षमा लैजाने, मानवअधिकारको सम्मान गर्दै अपराध नियन्त्रण जस्ता नेपाल प्रहरीको प्राथमिकताले नै मेरो नेतृत्वको पनि प्राथमिकता हो ।’

पत्रकारले सामाजिक संजालबाट हुने मानसिक हिंसालाई किन साइबर ब्युरोले दर्ता नगरेको भन्ने प्रश्नमा उनले साइबर ब्युरोलाई जुनसुकै आरोप दर्ता गर्न प्रहरी केन्द्रिय कार्यालयले निर्देशन दिने बताए।

हालै पत्रकार कञ्चन न्यौपानेले आफूमाथि भएको मानसिक यातनाबारे एक लेख लेख्दै प्रहरीको साइबर ब्यूरोले जाहेरी दर्ता गर्न नमानेको बताएकी थिइन् । ब्यूरोले ‘तथ्य पुग्दैन’ भनेर फर्काइदिएको उनको गुनासो थियो ।

आईजीपी सिंहले आफ्नो कार्यकालको प्राथमिकतामा निर्मला हत्या प्रकरण रहेको बताए ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको ४ वर्ष पुग्न लाग्दा पनि दोषी पत्ता लागेका छैनन् । २०७५ साउन १० गते भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित साथीको घरमा गएकी निर्मला भोलिपल्ट महेन्द्रनगर–उलटाखाम सडकछेउ उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७