प्रधानमन्त्री र मेयर बालेन शाहबीच भेट, फोहोरको समस्याबारे छलफल


२६ जेष्ठ २०७९, बिहीबार
Balen deuwa scaled

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्रधानमन्त्री शेरबहादुर देउवासँग फेरि भेटवार्ता गरेका छन् ।
आज बिहीवार बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटवार्तामा उनीहरूबीच फोहोरसम्बन्धी समस्याको समाधान र चलिरहेको अवस्थाबारे छलफल भएको हो ।

यसअघि गएको जेठ १८ गते पनि उनीहरूबीच भेट भएको थियो । त्यो भेटवार्तामा देउवाले काठमाडौं महानगरपालिकाको जुनसुकै समस्या समाधानका लागि सरकारको तर्फबाट पूणर् सहयोग रहने बताएका थिए ।

अहिले काठमाडौंको फोहोर व्यवस्थापनमा अवरोध हुँदै आएको छ । फोहोर व्यवस्थानमा विभिन्न माग राख्नै बञ्चरेडाँडाका बासिन्दाले अवरोध गर्दै आएका छन् । फोहोर व्यवस्थापनको विषयमा भोलि शुक्रवार स्थानीयवासीसँग छलफल हुने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७