पाँच किलो गाँजासहित एक युवक पक्राउ


२८ जेष्ठ २०७९, शनिबार
Gaja

रुपन्देही । रुपन्देहीको सिद्धार्थनगरमा प्रहरीले पाँच किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । सिद्धार्थनगर-६ बस्ने २३ वर्षीय अभिषेक थापा मगर गाँजासहित पक्राउ परेका हुन् । विशेष सूचनाका आधारमा उनको घर खानतलासी गर्दा दुई वटा निलो प्लास्टिक, एउटा रातो प्लास्टिकमा पोका गरेर दुई किलो गाँजा फेला पारेको हो ।

अर्को पहेँलो प्लास्टिकमा पोका पारेर राखेको तीन किलो १५० ग्राम, घरको अर्को कोठाभित्र रहेको स्टिल दराजभित्र लुकाई राखेको अवस्थामा निलो प्लास्टिकमा रहेको लागु औषध गाँजा तौल गर्दा ८०० ग्राम गाँजा फेला पारेको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी नवरत्न पौडेलले जानकारी दिए ।

गाँजासहित प्रहरीले गाँजा, तौल गर्ने डिजिटल तराजु, समेत बरामद गरेको छ । उनलाई आवश्यक अनुसन्धान पश्चात जिल्ला अदालत रुपन्देहीबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको डिएसपी पौडेलले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७