लोसपाका शीर्ष नेता प्रधानमन्त्रीलाई भेट्न बालुवाटारमा


३० जेष्ठ २०७९, सोमबार
deuwa mahantha

काठमाडौं । प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शीर्ष नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न उनीहरु आज (सोमबार) बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री देउवाले लोसपाका शीर्ष नेताहरुलाई छलफलका लागि बालुवाटार बोलाएको एक नेताले पुष्टि गरेका छन् । तर, उनले प्रधानमन्त्री देउवा भेट्न गएका शीर्ष नेताहरुको नाम र छलफलको विषयमा भने खुलाएनन् । ‘प्रधानमन्त्रीले हाम्रो पार्टीका शीर्ष नेताहरुलाई बोलाउनु भएको हो,’ ती नेताले भने, ‘शीर्ष नेताहरु बिहान ९ बजे जानु भएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७