अमेरिका भ्रमणबारे प्रधानमन्त्रीले संसदलाई जानकारी गराउनु पर्छ : माधव नेपाल


३० जेष्ठ २०७९, सोमबार
madhav nepal31646807153
फाइल फोटो

काठमाडौँ । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो अमेरिका भ्रमणबारे संसद र सरकारलाई जानकारी गराउनु पर्ने बताएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नेपालको परराष्ट्र नीतिबारे बोल्दै प्रधानमन्त्रीको अमेरिका भ्रमणबाट छिमेकी चीन र भारत सशंकित हुने अवस्था बन्न नहुने बताए ।

‘नेपालको असंलग्न परराष्ट्र नीतिमा विचलन आउन नहुने अध्यक्ष नेपालले बताए । हामी एउटा कुनै सुरक्षा गठबन्धन वा ब्लकमा पनि छैनौ ं। छिमेकी सशंकित हुने गरी नेपालमा कुनै शंकास्पद गतिविधि हुनु भएन,’ अध्यक्ष नेपालले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७