पूर्व पत्नी र आफैमाथि छुरा प्रहार


३१ जेष्ठ २०७९, मंगलवार

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-१ फुलजोरकी सिर्जना राईलाई पूर्वपतिले छुरा रोपेर घाइते बनाएका छन् ।
मंगलबार दिउँसो फुलजोरस्थित सिर्जनाको किनारा पसलमा पुगेका पूर्वपति कटारी नगरपालिका-६ रिस्कुका ४५ वर्षीय रामकुमार सुर्खेतीले सुरुमा झगडा गरेका थिए ।

त्यसपछि सिर्जनाको पेटमा छुरा रोपेको र पछि आफूलाई पनि छुरा हानेको उदयपुरका प्रहरी नायव निरीक्षक सन्तोष आचार्यले जानकारी दिए । किराना पसलमा बसिरहेकी सहरमान राईकी श्रीमती ४३ वर्षीया सिर्जनालाई र आफूलाई पनि एक व्यक्तिले छुरा हानेको भन्दै प्रहरीलाई खबर पुगेको थियो ।

प्रहरीले दुवै घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल गाइघाटमा लगेको थियो । थप उपचारको लागि बिपि कोइराल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाइएको डीएसपी आचार्यले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७