पाँच वर्षीया बालिका बलात्कारको आरोपमा १८ वर्षका किशोर पक्राउ


९ असार २०७९, बिहीबार
pakrau
फाइल फोटो

बारा । बारामा एक पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक १८ वर्षीय किशोरलाई पक्राउ गरेको छ । जितपुरसिमरा उपमहानगरपालिका-२२ चकरी बस्ने १८ वर्षीय किशोरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

किशोरले ती बालिकालाई घरमा कोही नभएको अवस्थामा ललाई फकाई जंगलमा लगेर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७