जनकपुरधाम आइपुग्यो ‘भारत गौरव पर्यटक रेल’, मुख्यमन्त्री राउतले गरे स्वागत (तस्विरहरु)


९ असार २०७९, बिहीबार
bharat gaurav 1

जनकपुरधाम । पाँच सय भारतीय श्रद्धालुसहित ‘भारत गौरव पर्यटक रेल’ बिहीबार दिउँसो जनकपुरधाम आइपुगेको छ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जनकपुरस्थित रेलवे स्टेसनमा उनीहरूलाई स्वागत गरेका छन् ।

‘भारत गौरव पर्यटक रेल’ अयोध्या, वनारस, प्रयागराज, सीतामढी हुँदै नेपाल-भारत सीमाना जयनगरबाट जनकपुरधाम आइपुगेको हो । जयनगरबाट रेल नेपाल प्रवेश गरेलगत्तै ठाउँ-ठाउँमा फूलमालाले भव्य स्वागत गरिएको छ ।

पर्यटकलाई जानकी मन्दिर, धनुषाधाम र जनकपुरधाममा दैनिक हुने गंगा आरतीमा सहभागी गराइने कार्यक्रम छ । रेल भारतीय समयानुसार मंगलबार साँझ ७ बजे नयाँदिल्लीबाट जनकपुरका लागि छुटेको थियो । रेलका दुई डिब्बालाई योगसम्बन्धी तस्बिर तथा सामग्रीले सजाइएको छ । रेलमा १४ वटा डिब्बा छन् । केही बोगीका बाहिरी भागमा भारतका विभिन्न शास्त्रीय एवं लोकनृत्य, पोसाक, पर्व, परिकार प्रवद्र्धन गर्ने किसिमका सामग्री राखेर सजाइएको छ ।

धार्मिक पर्यटनलाई जोड्न भारत सरकारले रामायण सर्किट तयार पारेको छ । रामायण सर्किटमा नेपालको जनकपुरधामलाई पनि समेटिएको छ । चार वर्षअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरधाम आउँदा दुवै देशबीच रामायण सर्किट सम्झौता भएको थियो । रामायण सर्किट परिक्रमाका लागि दिल्लीबाट पहिलो पटक पर्यटक बोकेर विशेष रेल नेपाल आइपुगेको हो ।

हेर्नुस् तस्विरहरु

ramayan rail2 NfZtJdL1ON
bharat 1
varat gaurab
bharat 1 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७