डीआईजी बढुवामा ‘दाजु फ्याक्टर’ निर्णायक

१३ औं नम्बरका वसन्त कुँवर कसरी उक्लिए १ नम्बरमा ?


१० असार २०७९, शुक्रबार
basnata kuwar DIG

काठमाडौं : २०७५ माघ २६ गते प्रहरी उपरीक्षक (एसपी)बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा हुँदा १३ औं नम्बरमा थिए, वसन्तबहादुर कुँवर । एक नम्बरमा थिए, सन्दीप भण्डारी ।

२०७९ असार ८ गते एसएसपीबाट प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा हुँदा उतिबेलाका वरियताका ‘सेकेन्ड लास्ट’का कुँवर पहिलोमा उक्लिएका छन् । बढुवा भएका १७ जना डीआईजी मध्ये ७ औं नम्बरमा पुगेका छन्, उतिबेलाका एक नम्बर भण्डारी ।

यो बढुवा प्रक्ररणमा धेरैले ‘वसन्त कुँवरको छलाङ’ भनेका छन् । तर यस अघिको बढुवा र यसपालीको बढुवामा उही चर्चा छ, ‘दाजु फ्याक्टर’ । अघिल्लो पटक सन्दीप भण्डारी एक नम्बर हुँदा धेरैले भनेका थिए, ‘दाजु फ्याक्टर’ हाबी भयो । ‘दाजु फ्याक्टर’ अर्थात् सन्दपीका दाजु प्रदीप भण्डारी नेकपा (एमाले)का नेता तथा प्रदेश नम्बर एक प्रदेशसभाका सभामुख हुन् । दाजु सन्दिपको कारण उनी एक नम्बर भएको चर्चा उतिबेला थियो ।

ठिक यसपाली पनि उही चर्चा छ, ‘दाजु फ्याक्टर’ । अर्थात् एकाएक एक नम्बरमा उक्लिएका कुँवर प्रदेश नम्बर ५ का प्रदेश प्रमुख तथा पूर्वमहान्यायाधिवक्ता बाबुराम कुँवरका सहोदर भाई हुन् । कुँवर सुशील कोइराला प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता बनेका थिए । कुँवर कांग्रेसनिकट कानुन व्यवसायीको छाता संगठन डेमोक्रेटिल लयर्स एसोसिएसनका पूर्वअध्यक्षसमेत हुन् ।

डीआईजी वसन्तका दाजु अधिवक्ता बाबुराम पृथ्वीनारायण क्याम्पस पोखरामा कानुन विषयको पहिलो ब्याचका विद्यार्थी हुन् । पृथ्वीनारायण क्याम्पसमा ०३४/०३५ सालमा कानुन विषय पढेका कुँवरले झन्डै तीन दस वकालत गरे । नेपाली कांग्रेस भित्र र बाहिर राम्रो छवि बनाएका दाजु बाबुरामको कारण यसपाली वसन्त एक नम्बरमा पुगेको गृहका एक उच्च अधिकारीले बताए । उनले नयाँ पेजसँग भने, ‘दाजु फ्याक्टर यसपाली पनि निर्णायक बन्यो ।’

कुँवर २०५१ चैत ५ गते इन्स्पेक्टरमा भर्ना भएका हुन् । त्यसो त प्रहरी निरीक्षकका रुपमा नियुक्ति लिँदा उनी १ नम्बरमै थिए । २०५१ पछि २०७९ मा उनी फेरि एक नम्बरमा पुगेका छन् ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा हुँदा छैठौं नम्बर र प्रहरी उपरीक्षक (एसपी) बढुवा हुँदा पाँचौं नम्बरमा थिए । कुँवर सर्बेन्द खनाल महानिरीक्षक भएको बेला महानिरीक्षकको सचिवालयमा थिए । पछि प्रवत्ता पनि भए । कुँवर एक नम्बरमा बढुवाभएसँगै आगमी प्रहरी प्रमुखको रुपमा नेपाली कांग्रसले तयार पारेको चर्चा सुरु भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७