सप्तकोशीमा बढ्यो पानीको बहाव : कोशी ब्यारेजको २१ ढोका खोलियो, रातो बत्ती बालियो


१५ असार २०७९, बुधबार
saptakoshi river
फाइल फोटो

सुनसरी । लगातारको भारी बर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेपछि कोशी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ । सप्तकोशीमा बुधबार पानीको बहाव एक लाख ५८ हजार १२५ क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

सप्तकोशीमा पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । सप्तकोशीका ५६ ढोकामध्ये अहिले २१ वटा मात्र ढोका खोलिएको छ । भारतको नियन्त्रणमा रहेको कोशी ब्यारेजका सबै ढोका नखोलेका कारण कोसी गाउँपालिका र बराहक्षेत्र नगरपालिकाको खेतीयोग्य जमिन र मानव बस्ती डुबानमा परेको छ ।

कोशी ब्यारेजका सबै ढोका नखोलेका कारण सप्तकोशीले श्रीलंका टापुको जमिन कटान गर्न थालेको स्थानीय सन्तोष चन्द्रबंसीले बताए ।
उनले सप्तकोशीमा बाढी आएको समयमा सबै ढोका खोलेर कोशी आसपासका सर्वसाधारणको अवस्था सहज बनाई दिन सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७