नेपाली राष्ट्रिय क्रिकेट टोली आउँदो सेप्टेम्बरमा अस्ट्रेलिया भ्रमण जाने


१६ असार २०७९, बिहीबार
can

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली आउँदो सेप्टेम्बरमा अस्ट्रेलिया भ्रमणमा जाने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) र रोयल हेरिटेज अस्ट्रेलियाबीचको सम्झौता अनुसार नेपाली टोलीले अस्ट्रेलिया भ्रमण गर्ने भएको हो ।

क्यान र रोयलबीचको सम्झौता अनुसार नेपाली क्रिकेट टोलीलाई हरेक वर्ष १० दिनको अस्ट्रेलिया भ्रमण गराइने उल्लेख छ । नेपाली टोलीको अस्ट्रेलिया भ्रमणको तयारी भइरहेको र नेपाली टोलीले स्थानीय क्लबसँग खेल्ने क्यानले जानकारी दिएको छ ।

नेपाली टोली अहिले क्यानडा भ्रमणमा छ । क्यानडामा दुई खेलको एक दिवसीय र एक स्थानीय क्लबसँगको अभ्यास खेलपछि टोली स्कटल्यान्ड जानेछ । स्कटल्यान्डमा नेपालले विश्व कप क्रिकेट लिग-२ अन्तर्गत स्कटल्यान्ड र नामिबियासँग त्रिदेशीय एक दिवसीय श्रृङ्खला खेल्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७