बालिका बलात्कार आरोपमा १६ वर्षीय किशोर पक्राउ


१७ असार २०७९, शुक्रबार
pakrau
फाइल फोटो

खोटाङ । एक पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ परेका छन् । कपिलासगढी गाउँपालिका-४ बाक्सिलाकी पाँच वर्षीया बालिका बलात्कार गरेको आरोपमा स्थानीय १६ वर्षीय किशोर पक्राउ परेका हुन् ।

किशोरले बालिकालाई मंगलबार बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ । साथै बिहीबार बिहान उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान बढाइएको प्रहरी नायव उपरीक्षक उमेश लम्सालले बताए । दोषी ठहर भए बाल सुधारमा पठाइने लम्सालले जनाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७