यी हुन् माओवादी केन्द्रले थपेका केन्द्रीय सदस्य (नामावलीसहित)


१९ असार २०७९, आईतवार
mao

काठमाडौँ । नेकपा माओवादी केन्द्रका ३७३ जना केन्द्रीय सदस्यको नाम टुंगो लागेको छ । प्रज्ञा प्रतिष्ठानमा आइतबार शुरु भएको केन्द्रीय समितिको बैठकका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ३७७ सदस्यीय केन्द्रीय समितिमा चार जनाको नाम खाली राखि ३७३ जनाको नाम टुंगो लगाएका हुन् ।

माओवादी केन्द्रले ८६ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्यको नाम पनि सार्वजनिक गरेको छ । ९४ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्य रहने भनिए पनि ८ जनाको नाम रिक्त राखेर ८६ जनाको मात्र नाम सार्वजनिक गरेको हो ।

ज्येष्ठ कम्युनिस्ट लिग, अनुशासन आयोग र लेखा आयोगका संयोजक केन्द्रीय समितिमा पदेन सदस्य रहने माओवादीले जनाएको छ । माओवादीले निर्वाचन आयोग, लेखा परीक्षण आयोग र अनुशासन आयोगको सचिव र सदस्यहरुको नाम पनि टुंगो लागेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७