‘यात्रा प्रेतात्मासँग’ सार्वजनिक


२५ असार २०७९, शनिबार
yatra pretatma sanga e1656667827116

काठमाडौँ । लेखक रत्नकुमार श्रेष्ठद्वारा लिखित ‘यात्रा प्रेतात्मासँग’ सार्वजनिक गरिएको छ । सामयिक व्यवस्थापन सेवा केन्द्रले आज आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले ‘यात्रा प्रेतात्मासँग’को लोकार्पण गरे ।

रत्न पुस्तक भण्डारले प्रकाशन गरेको सो पुस्तकमा लेखक आफैँले आफ्नो जीवनमा प्रत्यक्ष सामना गरेका घटनालाई समावेश गरेका छन् । लेखक श्रेष्ठले भने, ‘यस पुस्तकमा बाबुबाजेहरुले आत्मा, प्रेतात्मा, परमात्माको विषयमा भनेका र म आफैँले प्रत्येक सामना गरेका घटनालाई शब्दमा उतारिएको हो ।’

पुस्तकमा ‘दैवी घटना : सम्झनाको तरेलीबाट’, ‘शरीर र आत्माको प्रभाव’ र ‘बाल्यवस्थामा अन्तर्मनको सोच : आत्मादेखि परमात्मासम्म’ लगायत २० घटनालाई समावेश गरिएको छ । लेखक विमल भौकाजीले सम्पादन गरेको सो पुस्तकको मूल्य ३५० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७