नेमकिपाद्वारा उपसभामुख पदको मतदान बहिष्कार


३१ असार २०७९, शुक्रबार
prem suwal
फाइल फोटो

काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले उपसभामुख पदमा मतदान नगर्ने भएको छ । आजको प्रतिनिधिसभा बैठकमा सांसद प्रेम सुवालले मतदान नगर्ने पार्टीको निर्णय भएको बताएका छन् ।

थ्रेस होल्ड राख्ने व्यवस्थाको विरोधमा उनले प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनमा मत नदिने घोषणा गरेका हुन् । उपसभामुखका लागि गठबन्धनको तर्फबाट पुष्पा भुसाल र नेकपा एमालेका तर्फबाट विद्या भट्टराई उम्मेदवार छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७