सात राजदूतको शपथ


३१ असार २०७९, शुक्रबार
Rajdoot sapath scaled

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नव नियुक्त नेपाली राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आज आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ लिएका छन् । उक्त अवसरमा परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारी समेतको उपस्थिति थियो ।

शपथ लिने राजदूतहरुमा तीर्थराज वाग्ले (बहराइन), डोरनाथ अर्याल (ओमान), नवराज सुवेदी (साउदी अरेबिया), बासुदेव मिश्र (श्रीलङ्का), भरतकुमार रेग्मी (अष्ट्रिया) तथा संयुक्त राष्ट्रसङ्घ कार्यालय, भियनाका लागि नेपालको स्थायी प्रतिनिधि, सुशीलकुमार लम्साल (इजिप्ट) र घनश्याम भण्डारी (बङ्गलादेश) छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७