सरकारको पूँजीगत खर्च ५८ प्रतिशत भन्दा कम


१ श्रावण २०७९, आईतवार
mahalekha

काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा पुँजीगत खर्च ५८ प्रतिशत भन्दा पनि कम मात्र गर्न सकेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार आर्थिक बर्ष ०७८/७९ को अन्तिम दिन (असार ३२ गते) सम्म २ खर्ब १६ अर्ब रुपैयाँ मात्रै पुँजीगत खर्च हुन सकेको हो ।

यो जम्मा ५७ दशमलव २३ प्रतिशत मात्रै हो । सरकारले यो आर्थिक बर्षमा ३ खर्ब ७८ अर्ब रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य लिएको थियो ।

पुँजीगत खर्च कम मात्र गर्न सकेको सरकारको चालु खर्च भने लक्ष्यको ९० दशमलव २५ प्रतिशत भएको छ । गएको आर्थिक बर्षमा १० खर्ब ६५ अर्ब रुपैयाँ चालु खर्च गर्ने लक्ष्य लिइएकोमा ९ खर्ब ६६ अर्ब रुपैयाँ खर्च भएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

१६ खर्ब ३२ अर्ब रुपैयाँको बजेट ल्याएको सरकारले समग्रमा १३ खर्ब १ अर्ब रुपैयाँ मात्रै खर्च गरेको महालेखाले जनाएको छ । सरकारले गएको आर्थिक बर्षमा वित्तीय हस्तान्तरणतर्फ ७९ दशमलव ३९ प्रतिशत अर्थात् १ खर्ब १८ अर्ब रुपैयाँ खर्च गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७