युक्रेनबाट प्रधानमन्त्री जोन्सनसँग गुहार माग्दै बेलायती बन्दी


२ श्रावण २०७९, सोमबार
70 Shares
ukr 1

किभ । पूर्वी युक्रेनको स्वघोषित दानेत्स्क जनगणतन्त्र (डीपीआर) का रुस समर्थित पृृथकतावादीको कब्जामा रहेको जस्तो देखिने एक बेलायती पुरुषले प्रधानमन्त्री बोरिस जोन्सनसँग मद्दतका लागि गुहारिरहेको एउटा भिडियो सार्वजनिक भएको छ ।

बेलायतको सन्डरल्यान्डका करिब पचास वर्षीय जोन हार्डिंसँग एकजना रुसी टेलिभिजन प्रस्तोताले अन्तर्वार्ता लिइरहेको देखिन्छ । भिडियोमा उनले आफूलाई मृत्युदण्ड दिइन सक्ने बताएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

बेलायतको विदेश मन्त्रालयले उनलाई हिरासतमा राखिएको घटनाले आफू चिन्तित रहेको जनाएको छ । युक्रेनी पक्षबाट युद्ध लडिरहेका उनलाई गत मे महिनामा एजोभ्स्टल स्टिल कारखानामा आश्रय लिइरहेकाहरूलाई आत्मसमर्पण गराउने क्रममा बन्दी बनाइएको बुझिएको छ ।

त्यतिबेला उनी सम्मलित फौजले दक्षिण पूर्वी सहर मारीउपोललाई रुसी फौजबाट जोगाउँदै थियो । हार्डिंगले आफ्ना साथीहरूलाई आफू युक्रेनी नेसनल गार्डको तर्फबाट लडिरहेको जानकारी दिएका थिए । बीबीसीबाट

jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७