बढ्यो कोरोना संक्रमण : एकै दिन थपिए ४५७ संक्रमित


२ श्रावण २०७९, सोमबार
korona

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४५७ जना कोभिड-१९ (कोरोना) संक्रमित थपिएका छन् । ४,६५१ वटा नमूना परीक्षण गर्दा सो संक्रमण पुष्टी भएको हो । आज ४८ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७७६ पुगेको छ । आज ९८ हजार ९०० जनाले कोभिड-१९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा पछिल्लो केहि सातादेखि दिनहुँ कोरोना संक्रमितको संख्या बढिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७