आयरल्याण्डविरुद्ध न्युजिल्याण्डको जित


३ श्रावण २०७९, मंगलवार
newszerland2 nmb51VpGCF

काठमाडौँ । घरेलु टोली आयरल्याण्डविरुद्धको पहिलो टी-ट्वान्टी अन्तर्राष्ट्रिय प्रतियोगितामा न्युजिल्याण्ड विजयी भएको छ । बेलफास्टमा सोमबार राति भएको खेलमा न्युजिल्याण्डले आयरल्याण्डलाई ३१ रनले हराएको हो ।

न्युजिल्याण्डले दिएको १७४ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड १८ ओभर २ बलमा अलआउट हुँदै १४२ रनमा समेटियो ।
जितसँगै न्युजिल्याण्डले ३ खेलको सिरिज १-० को अग्रता बनाएको छ । यी दुईबीचको दोस्रो खेल बुधबार र तेस्रो खेल शुक्रबार हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७