शेयर बजारमा दोहोरो अंकको वृद्धि, दुई अर्बमाथिको कारोबार


३ श्रावण २०७९, मंगलवार
share

काठमाडौं । धितोपत्र कारोबार हुने तेस्रो दिन आज (मंगलबार) शेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक १६.२० अंकले बढेर २०४५.६३ विन्दुमा बन्द भएको छ ।

नेप्से बढेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा बढेको छ । आज २१३ कम्पनीको ५७ लाख १३ हजार २४८ कित्ता शेयर २ अर्ब २९ करोड ९३ लाख १६ हजार ३२६ रुपैयाँमा खरिद बिक्री भएको छ ।

यसअघि दुई कारोबार दिन आइतबार र सोमबार नेप्से परिसूचक क्रमश : १.९३ र १८.०३ अंकले बढेको थियो । सोमबार १ अर्ब ३१ करोड २९ लाख र आइतबार १ अर्ब २३ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । आज सेन्सेटिभ इन्डेक्स २.८० अंकले बढेर ३९१.५६ विन्दुमा अडिएको छ । दोहोरो अंकले बढेको शेयर बजारमा आज कुनै पनि कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन ।

इमर्जिङ नेपालको ८.०१ प्रतिशतले शेयर मूल्य बढ्यो । कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्षस्थानमा रह्यो । सो कम्पनीको १५ करोड बढीको शेयर कारोबार भयो । यस्तै, १० करोड बढीको कारोबार गरी एभरेष्ट बैंक दोस्रो स्थानमा रह्यो । कारोबारमा आएका १३ वटै समूहको सूचक बढेको छ । यस दिन फाइनान्स समूहको सूचक सर्वाधिक २.७ प्रतिशतले बढ्यो । ट्रेडिङ, होटल्स एन्ड टुरिजम, डेभलपमेन्ट बैंक,मनु एन्ड प्रो र माइक्रोफाइनान्स समूहको सूचक १ प्रतिशत बढीले उकालो लाग्यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७