गण्डकीका मुख्यमन्त्रीलाई कोरोना संक्रमण


४ श्रावण २०७९, बुधबार
krishna chandra nepali

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण भएको छ । सचिवालयका अनुसार उनलाई मंगलबार पीसीआर परीक्षण गरेकोमा कोरोना पुष्टी भएको हो ।

पोखरेल आइतबारदेखि नै अस्वस्थ थिए । रुघा र ज्वरो समेत आएपछि उनको पीसीआर परीक्षण गराइएको हो । उनले सोमबार नै चिकित्सकसँग परामर्श लिएका थिए ।

उनलाई अहिले पनि ज्वरो आइरहेको छ । अक्सिजनको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् । उनी सरकारी निवासमै आराम गरिरहेका छन् । न्युज कारखाना

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७