जनार्दन शर्मामाथि छानविन गर्न गठित संसदीय विशेष समितिको म्याद थपिँदै


५ श्रावण २०७९, बिहीबार
Janardan xanbin 1 scaled

काठमाडौँ । बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिको संलग्नताबारे छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको म्याद थपिने भएको छ ।

आज (बिहीबार) को प्रतिनिधि सभाको बैठकमा समितिको म्याद थप गर्नेसम्बन्धी प्रस्ताव पेश हुने भएको छ । केहीबेर अघि सम्पन्न प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले म्याद थप सम्बन्धी प्रस्ताव पेश गर्ने कार्यसूची तय गरेको संघीय संसद्का महासचिव भरतराज गौतमले बताए ।

विशेष समितिले आज बिहान पूर्व अर्थमनत्री जनार्दन शर्मासँग बयान लिएको थियो । यसअघि अर्थ मन्त्रालयका कर्मचारीसँग बयान लिइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७