अष्ट्रियालाई हराउँदै जर्मनी सेमिफाइनलमा


६ श्रावण २०७९, शुक्रबार
germany yfgUO9j3Yk

काठमाडौँ । अष्ट्रियालाई २-० अन्तरले पराजित गर्दै जर्मनी महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार राति भएको खेलमा जर्मनीलाई जित दिलाउन लिना मागुन र एलेजान्ड्रा पोपले समान एक-एक गोल गरे ।

लिलाले २५ औं मिनेट अग्रता दिलाइन् । पोपले खेलको अन्तिम समयमा दोब्बर अग्रता बनाइन् । जर्मनी नवौं पटक युरो उपाधि जित्ने योजनामा रहेको छ । अब, फाइनल प्रवेशका लागि जर्मनीले फ्रान्स र नेदरल्याण्डबीचको विजेतासँग खेल्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७