‘भारतले ‘अग्निपथ योजना’ अन्तर्गत नेपालीलाई लिए गोर्खा भर्ती सन्धि खारेज गर्नुपर्छ’


८ श्रावण २०७९, आईतवार
Bhim Rawal

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमाले सांसद भीम रावलले भारतले सेनाका लागि ल्याएको नयाँ ‘अग्निपथ योजना’ अन्तर्गत नेपाली युवालाई गोर्खा सैनिकमा भर्ती गरे गोर्खा भर्ती सन्धि खारेज प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका छन् ।

आज (आइतबार) को प्रतिनिधिसभा बैठकमा सांसद रावलले अग्निपथ योजना अन्तर्गत नेपाली युवालाई भारतीय गोर्खा सैनिकमा भर्ती गर्न लागेको हो कि होइन भनेर सरकारसँग जवाफ मागेका छन् ।

‘भारतले अग्निपथ योजना गोर्खा भर्तीको सन्दर्भमा लागू हुन्छ कि हुन्न ? त्यसो गरिएमा गोर्खा भर्ती सन्धिको उल्लंघन हुन्छ । त्यसो गरिए नेपालले गोर्खा भर्ती सन्धि खारेजको बाटोमा जानुपर्छ’, सांसद रावलले भने ।
भारतीय गोर्खा सैनिकमा भर्ना हुन तयार रहेका नेपाली युवालाई उक्त योजनाबारे सरकारले यथार्थ जानकारी दिनुपर्ने उनले माग गरेका छन् । उनले परराष्ट्रमन्त्री र प्रधानमन्त्रीले उक्त विषयमा सदनलाई जानकारी दिनुपर्ने बताए ।

भारतले यसैसालबाट सेनामा ४ वर्ष मात्रै काम गर्न पाउने योजना अगाडि सारेको छ । युवाहरू सेनामा भर्ती भएपछि ४ वर्षमा निवृत्त हुने योजना भारतमा लागू भएको छ । त्यसैलाई अग्निपथ योजना भनिएको छ । गोर्खा भर्ती सन्धि अन्तर्गत जाने नेपाली युवाहरूमा त्यो लागू हुन्छ कि हुन्न भन्ने कुरा भने यकिन छैन । भारतमा भने नरेन्द्र मोदी नेतृत्वको सरकारले ल्याएको उक्त योजनाको देशव्यापी रुपमा विरोध भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७