संविधान कार्यान्वयनमा ल्याउन तीनै तहबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट


१० श्रावण २०७९, मंगलवार
Trilochan bhatta

कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले संविधानमा भएको अधिकारलाई कार्यान्वयनमा ल्याउनका लागि तीनै तहबीच सहकार्य आवश्यक भएको बताएका  छन् ।

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले आज धनगढीमा आयोजना गरेको सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय तथा अन्तरसम्बन्धका लागि व्यवस्था गरिएका संस्थागत संयन्त्रको क्रियाशीलताको अवस्थासम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री भट्टले संविधानमा भएको अधिकारलाई कार्यान्वयनमा ल्याउनका लागि स्थानीय, प्रदेश र सङ्घले सहकार्य गरी अगाडि बढ्न सके मात्र संविधानलाई सफल पार्न सकिने बताए ।

मुख्यमन्त्री भट्टले स्थानीय, प्रदेश र सङ्घले विकास निर्माणसम्बन्धी कुनले के र कस्तो काम गर्ने भन्ने विषयसम्बन्धी मापदण्ड वा कार्ययोजना साझा रुपमा तयार गर्नु जरुरी रहेको धारणा व्यक्त गरे । ‘त्यो भयो भने त्यसमा टेकेर हामी सबैलाई काम गर्न सहज हुने थियो’, उनले भने, ‘जनताका अपेक्षा, हाम्रो काम गर्ने तौरतरिका र विधि प्रक्रियाहरु बीचको तालमेल नमिलेको कारणले सङ्घीयताका बारेमा बेलाबेलामा टीकाटिप्पणी उठिराखेको हुन्छ र यसबाट हामी सबैले एकरुपताका साथ अगाडि बढ्नुपर्ने जरुरी छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७