स्थानीय निर्वाचनमा लोकप्रिय मतमा कांग्रेस पहिलो : निर्वाचन आयोग
वडामा एमाले भन्दा कांग्रेस एक लाख ४४ हजार मतले अगाडि, माओवादीको मत एमालेभन्दा आधा

काठमाडौं । गएको वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी मत पाएको छ । निर्वाचन आयोगले आज सार्वजनिक गरेको तथ्यांकअनुसार कांग्रेसले ६ हजार ७४३ वडाबाट ३९ लाख ५६ हजार १९३ मत प्राप्त गरेको छ । निर्वाचन आयोगले लोकप्रिय मतमा नेपाली कांग्रेस पहिलो स्थानमा रहेको जनाएको छ ।
आयोगको तथ्याकअनुसार जुन कुल मतको ३४.२८ प्रतिशत हो । एमालेले कांग्रेसभन्दा एक लाख ४४ हजार ५९१ मत कम पाएको तथ्यांकमा उल्लेख छ । नेकपा (एमाले)ले खसेको मतमध्ये ३८ लाख ११ हजार ६०२ मत पाएको छ । यो कूल मतको ३३.०३ प्रतिशत हो ।
त्यसैगरी नेकपा (माओवादी केन्द्र) ले एमाले पाएको मतभन्दा आधा मत पाउन नसकेको आयोगको तथ्यांकले देखाउँछ । उसले १५ लाख तीन हजार २४७ मत पाएको छ ।
कसको कति मत ?
