हामीले भाकल गरेर गठबन्धन टुट्दैन : पोखरेल


१४ श्रावण २०७९, शनिबार
ishwor pokhrel pVDkBSMW4n
फाइल फोटो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन टुट्छ वा टुट्दैन भनेर नबस्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

आज (शनिबार) नेकपा एमाले भोजपुर-काठमाडौं सम्पर्क मञ्चको सम्मान तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भाकल गरेर गठबन्धन नटुट्ने बताए ।

‘हामी पार्टीका काम राम्रो नगर्ने अनि गठबन्धन टुट्छ कि टुट्दैन, गठबन्धन भयो भने कसरी जितिन्छ भनिरहेका छौं,’ उनले भने, ‘भाकल गरेर गठबन्धन टुट्दैन । अहिले पनि सर्वाधिक लोकप्रिय मत हामीले प्राप्त गरेका छौं ।’

लोकप्रिय मत ल्याउँदा पनि कसरी सिट संख्या कम भयो भन्नेतर्फ सोच्न पर्ने उनले बताएका छन् । व्यवस्थापकीय कमजोरी हुँदा गत स्थानीय तह निर्वाचनमा कमजोर नतिजा आएको उनले बताए ।

‘हामीले उम्मेदवार कहिले तय गर्छौं ? जित्ने वा नजित्ने भन्ने आधारमा सिफारिस भएन, उहाँले साह्रै दुःख पाउनु भएको छ भन्दै टिकट मागिन्छ, उनले भने, ‘सिफारिस प्रणाली, कमिटी प्रणाली कमजोर हुँदा हामीले जित्नपर्ने ठाउँमा पनि जितेनौं। त्यसकारण हामी यस्ता कुरामा ध्यान दिनपर्नेछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७