अर्थमन्त्री शर्माले फेरि फेरे प्रेस विज्ञ : नयाँ प्रेस विज्ञमा मनऋषि


२० श्रावण २०७९, शुक्रबार
Manarishi Dhital

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माको प्रेस विज्ञमा मनऋषि धिताल नियुक्त भएका छन् । जनादेश सप्ताहिकका पूर्वसम्पादक धिताललाई अर्थमन्त्री शर्माले आफ्नो प्रेस विज्ञको रूपमा धिताललाई नियुक्त गरेका हुन् ।

अर्थमन्त्री शर्माले पहिलो पटक सचिन रोकालाई राखेका थिए । उनी जिल्ला संयोजक भएर रुकुम गएपछि प्रेस अजित अधिकारीले जिम्मा पाएका थिए ।

दोस्रो पटक धिताललाई जिम्मेवारी दिइएको हो । धिताल लामो समयदेखि अस्ट्रेलियामा बस्दै आएका थिए । माओवादीकालमा डा. बाबुराम भट्टराईनिकट रहेका धिताल भट्टराईले पार्टी छाडेर हिँडे पनि उनी कतै गएनन् । जुम्लाका धिताल अस्ट्रेलियामा बसे पनि पत्रकारितामै क्रियाशील थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७