सत्तामा पुग्न विदेशी शक्ति गुहार्ने प्रवृत्ति र विकृतिहरु अन्त्य गर्नुपर्छ : कमल थापा


२० श्रावण २०७९, शुक्रबार
Kamal Thapa 4

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले सत्तामा पुग्न विदेशी शक्ति गुहार्ने आत्मसमर्पणवादी प्रवृत्ति र विकृतिहरुको अन्त्य गर्नुपर्ने बताएका छन् ।

थापाले आगामी ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनबारे टिप्पणी गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सत्तामा पुग्न विदेशी शक्ति गुहार्ने आत्मसमर्पणवादी प्रवृत्ति जस्ता विकृतिहरुको अन्त्य गर्नुपर्छ, त्यसका लागि जनता पार्टीको सेवक होईन, स्वाभिमानी स्वतन्त्र नागरिक र देशको मालिक बन्नु पर्छ ।’

मंसिरमा ४ मा हुने निर्वाचनले सर्वसत्तावाद, भ्रष्टाचार, बेरोजगारी, धर्म परिवर्तनको समेतको अन्त्य गर्नुपर्ने पनि बताएका छन् । त्यसका लागि नागरिक स्वाभिमानी हुनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७