चीनको राष्ट्रिय एकतामा बाधा पुग्याउने गतिविधिप्रति हाम्रो विरोध रहन्छ : माओवादी केन्द्र


२० श्रावण २०७९, शुक्रबार
Prachanda 2 1

काठमाडौँ । सत्ता साझेदार नेकपा माओवादी केन्द्रले अमेरिकी सभामुख नान्सी पेलोसीको ताइवान भ्रमणको विरोध गरेको छ । आज (शुक्रबार) अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले वक्तव्य जारी गर्दै नेपाल र नेकपा माओवादी केन्द्र ‘एक चीन नीति’ प्रति प्रष्ट रहेको जनाएको छ ।

ताइवानमा भएका पछिल्ला घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै माओवादी केन्द्रले भनेको छ, ’ हाम्रो देश नेपाल र हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) एक चीन नीतिप्रति प्रष्ट छ । चीनको राष्ट्रिय एकताप्रति बाधा हुने कुनै पनि गतिविधिप्रति हाम्रो विरोध रहन्छ ।’
चीनले ताइवानलाई आफ्नै भूभागका रूपमा दाबी गर्दै आएको छ । राष्ट्रपति सी चिनफिङलगायतका चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेताले ताइवानलाई एकीकरणमार्फत चीनमा गाभिने बताउँदै आएका छन् ।

अमेरिकी सभामुख आफ्नो एसिया भ्रमणका क्रममा शुक्रबार ताइवान पुगेकी थिइन् । सभामुख पेलोसीले भने ताइवानको यथास्थितिलाई परिवर्तन गर्न आफ्नो भ्रमण नभएको स्पष्टीकरण दिएकी थिइन् । तर उनले ताइवानलाई तहसनहस हुन नदिने चाहिँ बताएकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७