गठबन्धन गरेका दलले एउटै चिह्नबाट चुनाव लड्न पाउने


२० श्रावण २०७९, शुक्रबार
Nirbachan scaled

काठमाडौं । गठबन्धन गरेका दलले एउटै चुनाव चिह्नबाट चुनाव लड्न पाउने भएका छन् । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ अनुसार दुई वा दुईभन्दा बढी दल एकल निर्वाचन चिह्न लिएर चुनाव लड्न पाउने निर्वाचन आयोगले जनाएको छ । तर, त्यसका लागि उनीहरूले आयोगमा निवेदन दिनुपर्ने हुन्छ ।

जुनसुकै दलबाट उम्मेद्वार भएपछि अरु सांसदहरु त्यही ठूलो दलको सांसद भएको मानिने छ । तर, आफूहरुले प्रयोग गरेको बाहेक नयाँ निर्वाचन चिन्ह लिएर प्रतिस्पर्धा गरेमा भने नयाँ संसदीय दल गठन गर्न मिल्ने छ ।

त्यसरी छुट्टै निर्वाचन चिन्ह लिएर प्रतिस्पर्धा गरेमा भने जुन दलको हो, त्यही दलको संसदीय दल गठन गर्न मिल्ने व्यवस्था ऐनमा छ । तर हालसम्म कुनै दल वा गठबन्धनले यसरी निर्वाचनमा जाने निणर्य भने गरिसकेका छैनन् । ३१ साउनभित्र निणर्य नगरे उनीहरुले यस्तो सुविधा पाउँदैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७