सप्तकोशीमा जल सतह उच्च : ३३ ढोका खोलियो, ‘हाइ अलर्ट’ जारी

श्रीलंका टापुमा डुबानमा


२१ श्रावण २०७९, शनिबार
koshi barrage

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । पूर्वी पहाडी जिल्लाहरुमा लगातारको वर्षातका कारण शनिबार दिउँसोदेखि सप्तकोशीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजमा खतराको संकेत स्वरूप रातो बत्ति बालिएको छ ।

सप्तकोशीमा शनिबार ४ः५० बजे पानीको बहाव प्रतिसेकेण्ड २ लाख २५ हजार ३५० क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्य ३३ ढोका खोलिएको पनि उनले बताए । सप्तकोशीमा पानीको बहाव एक लाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ ।

भारतको नियन्त्रणमा रहेको कोशी ब्यारेजका सबै ढोका नखोलेका कारण कोसी गाउँपालिका र बराहक्षेत्र नगरपालिकाको खेती योग्य जमिन र मानव बस्ती डुवानमा परेको छ । सप्तकोशीमा पानीको बहाव उच्च भएपछि सुनसरी, उदयपुर र सप्तरी प्रशासनले कोसी आसपासका बासिन्दालाई उच्च सर्तकता (हाइ अलर्ट) अपनाउन आग्रह गरेको छ ।

सप्तकोशीले पश्चिम तर्फ कटान गर्दा सुनसरी र उदयपुरको श्रीलंका टापु डुवानमा परेको छ । यस क्षेत्र अझै डुवानमा पर्ने भएकाले ब्यारेजका सबै ढोका खोल्न स्थानीयले माग गरेका छन् । अहिले व्यारेजका ५६ मध्ये ३३ वटा ढोका खोलिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७