पूर्व परराष्ट्रमन्त्रीहरूसँग राष्ट्रपतिको परामर्श


२२ श्रावण २०७९, आईतवार
bidhya 1

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व परराष्ट्रमन्त्रीहरुसँग मुलुकको परराष्ट्र सम्बन्ध र कूटनीति सञ्चालनका विषयमा परामर्श गरिरहेकी छन् ।

राष्ट्रपतिसँगको परामर्शमा पूर्व परराष्ट्रमन्त्रीहरु रमेशनाथ पाण्डे, प्रदीप ज्ञवाली, रामशरण महत, प्रकाशचन्द्र लोहनीलगायत बैठकमा सहभागी छन् । बैठक आज (आइतबार) दिउँसो ३ बजेदेखि शुरु भएको हो ।

राष्ट्रपति भवन शितल निवासमा जारी बैठकमा राष्ट्रपतिले देशको पछिल्लो कूटनीति सञ्चालन र बदलिँदो अन्तर्राष्ट्रिय परिस्थितिबारे पूर्व परराष्ट्रमन्त्रीको धारणा सुन्न लागेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७