सान्चेजले इन्टर मिलान छाड्ने


२४ श्रावण २०७९, मंगलवार
sanchez

काठमाडौँ । आपसी समझदारीमा इन्टर मिलान र फरवार्ड एलेक्सिस सान्चेजले सम्झौता समाप्त गरेका छन् । ३३ वर्षीय खेलाडीको सहयोगमा सिरी ए क्लब इन्टरले सन् २०२२ को उपाधि जितेको थियो । तर, पूरा समय मैदान बिताउन सान्चेजले निकै मेहनत गर्नुपर्‍यो ।

इन्टर छाडेका सान्चेज फ्रेन्च क्लब मार्सेली जान चाहन्छन् । ’यो क्लबमा पछिलो तीन वर्ष बिताएका एलेक्सिस सान्चेजलाई धन्यवाद । उनको भविष्यको लागि कामना गर्दछौं’, इन्टरले भनेको छ । इन्टरले सिरी ‘ए’ को नयाँ सिजनको पहिलो खेलमा शनिबार लिससँग खेल्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७