प्रचण्ड-माधव देउवाको कारिन्दा मात्रै : भट्टराई


२४ श्रावण २०७९, मंगलवार
yogesh bhattrai
फाइल फोटो

पाँचथर । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव योगेश भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको कारिन्दा मात्र भएको टिप्पणी गरेका छन् ।

पार्टी कामको सिलसिलामा पाँचथरको फिदिम पुगेका भट्टराईले प्रचण्ड र माधव नेपाल दुवैमा विचार, अडान र सिद्वान्तको खडेरी लागेको बताएका छन् । उनले प्रचण्ड र नेपालमा नैतिकता गुमेकै कारण विचार र सिद्वान्त नमिल्ने कांग्रेससँगको गठबन्धन मजबुद बनाउन लागेको आरोप लगाए ।

‘दुवै पार्टी संकटमा रहेकाले कांग्रेसको बुइ चढेका हुन्, कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलहरुको गठबन्धन अपवित्र र अनैतिक छ,’ उनले भने, ‘यसले देश र जनताको भलो गर्दैन ।’ बहुदलीय व्यवस्थामा विशेष परिस्थितिबाहेक जुनसुकै चुनावमा गठबन्धन गर्नु उपयुक्त नहुने उनको धारणा थियो । एक्ला एक्लै लडे मात्रै आफ्नो धरातल थाहा पाइने भन्दै भट्टराईले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एमाले एक्लै लड्ने मनस्थितिमा रहेको पनि बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७