बझाङको बुङ्गलमा आमा, छोरा र छोरी झुण्डिएको अवस्थामा मृत्त भेटिए


२५ श्रावण २०७९, बुधबार
death

बझाङ । बझाङको बुङ्गल नगरपालिका-९ रारुमा आमा, छोरा र छोरी झुण्डिएको अवस्थामा मृत्त भेटिएका छन् ।
डरारुका २२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी र तीन वर्षीय छोरा भुपेन्द्र पार्की झुण्डिएको अवस्थामा मृत्त भेटिएको वडा नम्बर-९ का वडाअध्यक्ष हरिश सिंहले जानकारी दिएका छन् ।

मृतक पाँच वर्षीया बालिकाको भने नाम खुलेको छैन । गए राति उनका श्रीमान् पुष्कर पार्की भारतबाट घर आएका सिंहले जानकारी दिए । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थलतर्फ जाँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७