अख्तियारले दायर गर्‍यो सव-इन्जिनियरविरुद्ध मुद्दा


२५ श्रावण २०७९, बुधबार
Akhtiyar

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सव-इन्जिजियर रामबाबु यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । ओखलढुंगाको खानेपानी तथा सरसफाई डिभिजन नं. २ मा कार्यरत यादवले योग्यताको प्रमाणपत्र नक्कली देखिएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको हो ।

सुनसरी टेक्निकल कलेजबाट उत्तीणर् गरेको डीप्लोमा इन सिभिल इन्जिनियरिङको प्रमाणपत्रहरु, लब्धांकपत्र, चारित्रिक प्रमाणपत्र र ट्रान्सक्रिप्ट्स, नक्कली बनाई सरकारी सुविधा प्राप्त लिएको उनीमाथि आरो छ ।

तत्कालीन खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, डिभिजन नं. २, ओखलढुंगामा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको आयोगले जनाएको छ । २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निजलाई सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद सजाय र जरिवाना मागदाबी गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७