पीएसजीको जितमा नेयमारको दुई गोल


२९ श्रावण २०७९, आईतवार
neimar

पेरिस । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रान्सेली लिग वानमा शनिबार लगातार दोस्रो जित निकालेको छ । नेयमारको दुई गोलको मद्दतले पीएसजीले मोप्लियरलाई ५-२ ले पराजित गर्‍यो ।

नयाँ प्रशिक्षकका रूपमा क्रिस्टोफ ग्लाटिएर आएयता पीएसजीले शुरुवाती दुई खेलबाट अधिक्तम छ अंक बटुलेको हो । यस सजिलो जितमा फयाने साको, वाहबी खाजरी र इन्जो चोटोले एक एक गोल गरे ।

पीएसजीले नयाँ सिजनको पहिलो खेलमा पनि क्लेमोन्टमाथि पाँच गोलकै जित निकालेको थियो । शनिबारको अर्को खेलमा मोनाको र नेनेसले १-१ को बराबरी खेले । एएफपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७