कर्मचारीको तलव वृद्धि जनार्दन शर्माको प्रस्तावअनुसार भएन, सबैको १५ प्रतिशत बढ्ने


२९ श्रावण २०७९, आईतवार
janardan sharma

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षदेखि समान मर्यादाक्रमका कर्मचारीहरुलाई समान तलब सुविधा गराउने प्रस्ताव गरेका थिए ।

उनले मन्त्रिपरिषदमा गरेको प्रस्तावअनुसार निणर्य भने हुन सकेन । मन्त्रिपरिषदले भने बजेट कार्यक्रममा उल्लेख भएअनुसारको १५ प्रतिशत नै तलब वृद्धि गर्ने उल्लेख गरेको छ । मन्त्रिपरिषदले सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान लागू गर्ने निणर्य गरेको हो ।

साउन २६ गते आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ तलबमान र ग्रेड लागू गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् । सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र, नेपाल स्वास्थ्य, संसद सेवा तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि नयाँ तलबमान लागू हुने मन्त्रिपरिषदले सरकारले बजेटमार्फत सबै कर्मचारीको तलब १५ प्रतिशत वृद्धि गरेको थियो। सोहीअनुसार मन्त्रिपरिषद्ले नयाँ ग्रेड तोक्ने निणर्य गरेको हो ।

अर्थमन्त्री शर्माले भने तलब दिने कर्मचारीदेखि नियुक्त भएका विभिन्न अधिकारीहरुलाई मर्यादा क्रम तोकिएको छ । जस्तो प्रहरीको डीआईजी र सहसचिवलाई समान मर्यादामा राखिएको छ । त्यस्तै नेपाली सेनाको सेकेण्ड लेफ्टिनेन्ट र निजामती अधिकृतलाई समान मर्यादा क्रममा राखिएको छ । हाल प्रहरीतर्फको तलबमान धेरै र निजामतीतर्फको केही कम छ । त्यसलाई अर्थ मन्त्रालयको प्रस्तावले समान बनाउन चाहेको थियो ।

अर्थ मन्त्रालयले मर्यादा क्रमअनुसार तलबमान वृद्धि गर्न खोज्दा २४ प्रतिशतसम्म तलब वृद्धि हुने देखिएको थियो । अधिकृतभन्दा तलको मर्यादा क्रममा तलबमा करिब-करिब समानता रहे पनि त्योभन्दा माथि असमान रहेकोले अहिले २४ प्रतिशतसम्म तलब वृद्धि हुने देखिएको थियो ।

निजामतीतर्फको शाखा अधिकृतभन्दा माथिको तलब २४ प्रतिशत बढ्ने देखिएको थियो । उपसचिवहरूले २३ दशमलव ३ प्रतिशत, सहसचिवहरूले २३ दशमलव ३ प्रतिशत र सचिवहरूले १८ दशमलव ४ प्रतिशत बढी तलब पाउने देखिएको थियो । अधिकृत तहभन्दा मुनिका कर्मचारीले आन्दोलन नै गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७