एआइजीका लागि घमासान : बिचौलियाको चलखेल


३० श्रावण २०७९, सोमबार
ashok singh and rupesh pandey

काठमाडौं, ३० साउन । नेपाल प्रहरीमा एक अतिरिक्त महानिरीक्षक(एआइजी) पद रिक्त छ । विश्वराज पोखरेल साउन २० मा अवकाशा भएपछि रिक्त १ एआइजी पदमा बढुवाका लागि डीआइजीहरुको लिगलिगे दौड चलेको छ । बरियताको १९ औं नम्बरमा भए पनि बालुवाटारमा ब्रिफकेस नै बुझाएर ३ नम्बरमा डीआइजी बढु्वा भएका अशोक सिंह एआईजी बढुवाका लागि सबैभन्दा बढी शक्तिकेन्द्र र धाउनेमा पर्दछन् ।

हराएको खाली चेक भरी रकम असुलीको आरोपमा छानबिन समितिले रकेर्डमा जनिनेगरी कारबाही गर्न सिफारिस गरेका सिंहलाई आरजु राणाको दबाबमा ३ नम्बरमा बढुवा गरिएको थियो । गृहमन्त्री बालकृष्ण खाँण आफैंले छानबिन समिति बनाई कारबाही गर्न सिफारिस गरेका सिंहलाई बढुवा गर्ने पक्षमा थिएनन् । तर बालुवाटारको दबाबसामु उनको केही जोड चलेन । फलतः उनी डीआइजी बढुवा भइछाडे । अब सिंगल एआइजी हुने दाउमा छन् । उनी सबै शक्ति प्रयोग गरी एआइजी बढुवा हुने चलखेलमा छन् ।

अशोक सिंहलाई बढुवा गर्नका लागि बिचौलिया पनि उत्तिकै सक्रिय छन् । प्रहरीका अशोक सिंहदेखि एक एआइजी लगायत सशस्त्रका पूर्व आइजीपी शैलेन्द्र खनालको ठूलो रकम मिटरब्याजमा चलाउँदैआएका रुपेश पाण्डे अशोक सिंहलाई सिंगल एआइजी बढुवा गराउन लागेका साँघु साप्ताहिकमा खबर छ । अशोक सिंह एआइजी हुँदा दरबारमार्गको बिईङ ह्यमुनबाट २०७८ मंसिर १९ मा स्रोत नखुलेको ७० लाख रुपैयाँ बरामद गरिएको थियो ।

बिईङ ह्युमनले भारतमा कपडा खरिदका लागि रकम पठाउन लागेको सूचना सँगै फेन्सी पसलको कारोबार गर्दैआएका रुपेश पाण्डेले पाएपछि अशोक सिंहमार्फत् बरामद गराएका थिए । सलमान खानले सामाजिक सेवा अन्तर्गत खोलेको बिईङ ह्युमनको ब्रान्डमा ब्यापार सुरु गरेकाले आफ्नो ब्यापारमा असर परेपछि पाण्डेले सूचना दिएको आशंका गरिएको थियो । भारतमा कपडादेखि सबै चिज खरिदका लागि हुन्डीमार्फत् पैसा पठाउने प्रचलन रहेको छ । तर बिईङ ह्युमनका संचालकहरुसँग ब्यापारिक प्रतिस्पर्धा भएकाले पनि पाण्डेले सूचना दिएर उक्त रकम बरामद गराएको आरोप छ ।

पूर्वएआइजी हेमन्त पालहरुले मिटरब्याजमा लगानी गर्न थालेपछि पाण्डे भारतबाट सारीदेखि विभिन्न ब्रान्डका कपडा भित्र्याउन थालेका हुन् । उनको देखावटी धन्दा दरबारमार्ग र लबिम मलको पसल भए पनि मुख्य धन्दा प्रहरीको पैसा मिटरब्याजमा लगानी गर्ने र प्रहरीका सरुवा बढुवामा लिप्त हुने रहेको स्रोत बताउँछ ।

उनी अहिले पनि सीआइबीका केसमा समेत बिचौलियाको काम गर्न सक्रिय छन् । सीआइबीका उत्तमराज सुवेदीले पाण्डेमार्फत् ठूलो रकम मिटरब्याजमा लगानी गर्दैआएका छन् । एआइजी सुवेदीको रकम मिटरब्याजमा चलाउनेमा ऋषि सुवेदीपछि पाण्डे नै हुन् । ऋषि सुवेदी पनि प्रहरीको पैसा मिटरब्याजमा लगाएरै अरबपति भएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७