रविको आरोप : फोहोरमा राजनीति गरेर बालेनलाई असफल बनाउने खेल हुँदैछ


३० श्रावण २०७९, सोमबार
Rabi Lamichane

सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने फोहोरमाथि चरम राजनीति गरी काठमाडौंका मेयर बालेन शाहलाई बदनाम र असफल बनाउने खेल भइरहेको आरोप लगाएका छन् । प्रदेश-१ इटहरीको प्रदेश भेलामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले स्वतन्त्रबाट वा नयाँ आएकाहरुले केही गर्न सक्दैनन् भन्ने प्रमाणित गर्नका निमित्त बालेनलाई बदनाम गर्ने खेल भएको बताए । ‘जनताले सम्बोधन गरेर, आँट गरेर, साहस गरेर जिताएर पठाएकाहरु असफल पार्ने साँठगाँठ गरिएको छ’ उनले भने ।

‘कुनै पनि हालतमा बालेनलाई असफल हुन दिनेछैनौं, हामी त्यसका लागि जे गर्न पर्छ तयार छौं, यदि हर्कहरु, बालेनहरु असफल भए भने अरु स्वतन्त्रहरुले पनि केही गर्न सक्दैनन् भन्ने बनाउन घिनलाग्दो राजनीति खेल सुरु भइसकेको छ’, उनले भने । लामिछानेले जनताले आशा गरेर जिताएर पठाएका युवा राजनीतिज्ञहरुको सफलताको लागि पनि राष्ट्रिय स्वतन्त्र पार्टी सत्तामा जानै पर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७