५४२ जनाका कोरोना संक्रमण, ४२१ जना निको


२ भाद्र २०७९, बिहीबार
korona 1

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कुल ४,९३० जनामा गरिएको परीक्षणका क्रममा ५४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सोही अवधिमा ४२१ जना निको भएका छन् । यस्तै सो अवधिमा मृत्यु भने कसैको भएको छैन । हाल देशभर ५ हजार २५६ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७