प्रदीप गिरीको राजकीय सम्मान साथ अन्त्येष्टि, छोरा सन्तोषले दिए दागबत्ति


५ भाद्र २०७९, आईतवार
dagbati

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको अन्त्यष्टि राजकीय सम्मानका साथ गरिएको छ । आइतबार दिउँसो पशुपति आर्यघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

गिरीको अन्त्येष्टिमा राजकीय सम्मान दिइएको छ । नेपाल सरकारले चाहेमा राजकीय सम्मान दिन सक्ने भन्ने व्यवस्था अनुरुप गिरी राजकीय सम्मानका साथ अन्त्यष्टि गरिएको हो । गिरीलाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री बालकृष्ण खाँण, अरु मन्त्री, सांसद र सर्वसाधारण आर्यघाट पुगेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले त्यस अवसरमा उनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान र श्रद्धाञ्जली अर्पण गरे । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि आर्यघाट पुगेर उनीप्रति श्रद्धाञ्जली अर्पण गरे ।

गिरीलाई नेपाल प्रहरीको एक टुकडीले सलामी अर्पण गर्‍यो । स्वर्गीय गिरीलाई उनका छोरा सन्तोष गिरीले दागबत्ती दिए । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारार्थ रहनु भएका सांसद गिरीको गएराति निधन भएको हो ।
स्वर्गीय गिरीका श्रीमती र एक छोरा छन् । गिरीको शनिबार राति ७५ वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७