आफूहरूको सम्पत्ति सार्वजनिक गरिदिन रास्वपाका मन्त्रीहरूको पत्र


२४ बैशाख २०८१, सोमबार
rawopa mantri

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्राचार गरेका छन् ।

उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले छुट्टाछुट्टै पत्र लेखी आफ्नो सम्पत्ति विवरण सार्वभौम नेपाली नागरिक र आम संचार माध्यमको जानकारीको लागि सार्वजनिक गरिदिन अनुरोध गरेका हुन् ।

देशमा भ्रष्ट्राचार न्यूनिकरण गर्न सदाचार आचरण महत्वपूर्ण हुने र त्यसका लागि आफूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विवरण बुझाएको तर त्यहाँबाट सार्वजनिक नभएकाले सार्वजनिक गर्नको लागि पत्राचार गरिएको पार्टीका महामन्त्री मुकुल ढकालले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७